लिस्बन। वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका बाँके खजुरा गाउँपालिका-१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो।
साराङ्कोटि आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए। मृतक गणेशमान साराङकोटीको जन्म गुल्मी जिल्लामा भएको गैरआवासीय नेपाली संघ पोर्चुगल ल्च्ल्ब् ले बताएको छ। साराङ्कोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए। विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल आएका थिए। उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ।
परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए। उनले शव पठाउनका लागि आर्थिक संकलन सुरु गरिएको बताउँदै सो कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग विशेष आग्रहसमेत गरे। पछिल्लो समय पोर्चुगलमा नेपालीहरूको मुत्यु दर बढ्दै गएको अवस्था छ, काम कोठाको र कागजपत्र लगायतका विभिन्न समस्याका कारण दिनप्रतिदिन आत्महत्यादेखि डिप्रेसनका घटनाहरू बढ्दै गएको छ । केही समयअघि पोर्चुगलमा काम गर्दै आएका गुल्मी मुसिकोटा नगरपालिकाका शेषकान्त सापकोटा र बाबुराम घिमिरेको मुत्यु भएको थियो।
प्रतिक्रिया