ताजा अपडेट »

सञ्चार माध्यमले स्थानीय सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड

आइतबार, ०७ जेठ २०८०

बुटवल । नागरिका सवाल स्थानीय सरकारसँग जोडिने भएकाले सञ्चार माध्यमले पनि स्थानीय सवाललाई नै प्राथिकताका साथ उठान गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवलमा सञ्चालन गरेको २ दिने पत्रकारिता तालिम समापनका अवसरमा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन ।

उनीहरुले संघीयता लागूू भएपछि सञ्चारमाध्यमसँगको सहकार्य हुन नसकेको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जनतालाई केन्द्रमा राखेर संघीयतालाई सफल बनाउनको लागि सञ्चारमाध्यमले भूमिका खेल्नु पर्नेमा जोड दिए । उपमहानगरले पत्रकारहरुको हकहित संरक्षणसँगै बृत्ति विकासमा सधै लाग्ने बताए । उनले अतिरञ्जित भन्दा खोजमुलक पत्रकारिता गर्नको लागि आग्रह गरे । नेपालको संविधान २०७२ ले स्थानीय तहलाई २२ वटा एकल अधिकार दिए पनि सहज रुपमा अधिकार प्राप्त नभएको र अहिले पनि केन्द्रिकृत मानसिकताले गर्दा संघीयता कार्यान्वयनमा बाधा परेको पाण्डेयले गुनासो गरे ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले पत्रकारहरुको क्षमताबृद्धिको लागि यस आर्थिक वर्षमा नगरले ५ लाख बजेट छुट्टाएको जानकारी दिइन् । उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले संविधानको अनुुसुचि ९ ले सघं, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची रहेपनि सहकारी, शिक्षा र स्वास्थ्यमा बढि समस्या देखा परेको बताउँदै पत्रकारिताका माध्यमबाट यस्ता मुद्धाले प्राथमिकता पाउनु पर्नेमा जोड दिए । कार्यक्रमका प्रमु्ख प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षन धर्मेन्द्र झाले स्थानीय तह जनताले महशुस गर्न सक्ने नजिकको सरकार रहेको बताउँदै पत्रकारले स्थानीय तहका मुद्धालाई मुख्य प्राथमिकता बनाउनु पर्नेमा जोड दिए । जनताको पक्षमा पत्रकारिता गर्नको लागि शुझाँब दिँदै उहाँले स्थानीय तहलाई प्रभावकारी बनाउनको लागि पत्रकारले जिम्मेवारी भएर खबरदारी गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेर बहादुर केसीले पत्रकारिताको मुद्धा बदलिएको परिस्थितीमा मिडियाको क्षमता बृद्धिको आवश्यकता रहेकोमा जोड दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारहरुको क्षमताबृद्धि गर्नको लागि तालिम सञ्चालन गरिएको बताउँदै स्थानीय तहले मिडियाको सूचिकृत गर्नुपर्नेमा जोड दिए । समापन कार्यक्रममा महासंघका सचिव बिनोद परियार, तालिममा सहभागीको तर्फबाट रामप्रसाद आचार्य, प्रतिमा गौतमले बोल्दै स्थानीय तहको मुद्दामा केन्द्रीत पत्रकारिता गर्न आग्रह गरे ।