पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पार्टी सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पाल्पाको सचिवालयको बिस्तारित बैठक तानसेनमा सम्पन्न भएको छ । पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डे बैठकका अवसरमा बोल्दै पार्टीको सुदृढीकरण र शुद्धीकरण दुबै अभियान भएको तथा लालचामा लागेर आन्दोलनलाई धोका दिनेसँग सतर्क हुन आग्रह पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सचिव राजु गुरुङ, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज यादव बहादुर रायमाझी, केन्द्रीय कमिटी सदस्यहरु अशोक कुमार शाही तथा रमा घर्तीले निर्देशनात्मक मन्तव्य राखेका थिए । सबै स्थानीय तहको रिपोर्टिङ, अपानी बाचन, कार्यबिभाजन, आर्थिक व्यवस्थापनका एजेन्डामा छलफल गरी यही जेष्ठ मसान्तसम्म नवीकरण सदस्यता विस्तार, सबै वडा र स्थानीय तह कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । कार्यक्रम जिल्ला कमिटी अध्यक्ष कमल पाण्डेको अध्यक्षता र सचिब मोहनलाल गैरेको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया