ताजा अपडेट »

कालापानी क्षेत्रको अवस्थाका बारे सरकारसँग जवाफ मागे केपी ओलीले

आइतबार, ०७ जेठ २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिपिम्पयाधुराको अवस्थाबारे सरकारसँग जवाफ मागेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको सीमा सुरक्षाको अवस्थासहित कालापानीका बारेमा जानकारी मागेका हुन् । 
‘कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ? भन्दै उनले प्रश्न गरे ।