ताजा अपडेट »

चलचित्र पत्रकार संघको २४ औं स्थापना दिवस : पत्रकारद्वय शर्मा र कुंवर सम्मानित

शनिबार, ०६ जेठ २०८०

बुटवल । चलचित्र पत्रकार संघको २४ औं स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ रुपन्देहीले पत्रकारहरुलाई सम्मान गर्दै मनाएको छ। बुटवलमा कार्यक्रमको आयोजना गरि आफ्ना दिबंगत पत्रकार स्व : एन बी कंडेलको स्मृतिमा स्थापित एन बी चलचित्र पत्रकारिता पुरष्कार तथा नवोदित चलचित्र पत्रकारिता पुरष्कार संघले प्रदान गरेको हो। 

नेपाली चलचित्रका सयौ गीतमा स्वर दिएकी वरिष्ठ गायिका देविका बन्दनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार स्व: एनबी कंडेलकी श्रीमती मञ्जु कंडेलको हातबाट विगत २५ वर्षबाट कला मनोरंजन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार टीआर शर्मा (टोपराज)लाई एनबी चलचित्र पत्रकारिता पुरष्कार २०७९ बाट नगद रु १० हजार सहित सम्मान गरिएको थियो। त्यस्तै नवोदित चलचित्र पत्रकारिता पुरष्कारबाट नगद रु ५ हजारसहित खस्यौली साप्ताहिकका सम्पादक बिरेन्द्र कुवरलाई संघका अध्यक्ष मोहन न्यौपाने, प्रमुख अतिथि गायिका देविका बन्दना र विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, निवर्तमान अध्यक्ष सुमन श्रेष्ठ, सल्लाहकार मनिष पन्थले सम्मानसहित पुरस्कार वितरण गरेका थिए ।  

नेपाली चलचित्रमा गीत गाएदेखि पछाडी फर्केर हेर्नु नपरेको इतिहास सम्झिदै प्रमुख अतिथी गायिका बन्दनाले चलचित्र पत्रकार, कलाकार र त्यससँग सम्बन्धित गायक गायिका, संगीतकार तथा प्राबिधिकको सम्बन्ध नङ र मासुको भएको बताइन् । बन्दनाले सम्मान हुने सबैलाई बधाई दिँदै सम्मानले पत्रकार र कलाकारको सम्बन्ध झन् नजिक हुने बताइन । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठ, सल्लाहकार मनिष श्रेष्ठ, सम्मानित हुने पत्रकारद्वय, प्रेस यूनीयन रुपन्देही अध्यक्ष कविन्द्र नेपाल, जनपत्रकार संगठनका बिनोद खनाल लगायतले बोलेका थिए ।