ताजा अपडेट »

राष्ट्रियसभामा जेठ ७ गते देखी नीति तथा कार्यक्रम माथी छलफल हुने

शुक्रबार, ०५ जेठ २०८०

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रियसभाको बैठकमा तीन दिनसम्म छलफल हुने भएको छ । 

बिहिवार बसेको कार्य व्यवस्था समितिको बैठकले सरकारका नीति तथा कार्यक्रम माथी तीन दिनसम्म छलफल गर्ने निर्णय भईसकेको छ । जसअनुसार जेठ ७ गते देखी सरकारका नीति तथा कार्यक्रम माथी छलफल सुरु हुनेछ ।

 
राष्ट्रियसभा बैठकमा तीन दिन अर्थात जेठ ७–९ गतेसम्म छलफल गरे पछि प्रधानमन्त्री दाहालसँग जेठ ९ गते नै त्यसको जवाफ मागिने पनि निर्णय कार्य ब्यवस्था समितिले गरेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस सल्लाहकार  दुर्गा उपाध्यायले जानकारी दिए ।