माघ १,
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (इपिएल)मा काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका छन् । अघिल्लो सिजन ललितपुर प्याट्रियट्सबाट खेलेका सन्दीपले यसपटक टिम परिवर्तन गरेका हुन् ।
सन्दीपलाई क्याटेगोरी ‘ए’ अन्तर्गत काठमाडौं किंग्स इलाभेनले भित्र्याएको हो । अष्ट्रेलियाको बिग ब्याश लिग खेलिरहेका सन्दीपलाई कति रकममा अनुबन्ध गरियाे भन्ने खुलाइएको छैन । लिग आयोजकले ट्वीटर मार्फत सन्दीपले काठमाडौं किङ्सबाट खेल्ने जानकारी गराएको हो । पछिल्लो सिजन आयरल्यान्डका केभीन ओ ब्रायन र यूएईका रोहन मुस्तफासँगै श्रीलंकाका फरवेज महारुफले काठमाडौं किंग्स इलाभेनबाट खेलेका थिए । अलराउन्डर केभिनले यस सिजन पनि काठमाडौंबाट नै खेल्ने पक्का भएको छ । साथै, हसिम आमला, लियाम प्लंकेट, ड्वेन स्मिथ, लगायत खेलाडी लिग खेल्न सक्ने संभावना रहेको छ ।
एभरेष्ट प्रिमियर लिग आउँदो चैत १ देखि क्रिकेट प्रतियोगिता आयाेजना हुनेछ ।
प्रतिक्रिया