ताजा अपडेट »

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा प्युठानका श्रीधर पोखरेलको मृत्यु

विहीबार, ०४ जेठ २०८०

बुटवल । बुटवलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु ६३ प ८१८५ नंं मोटरसाईकल बुटवलको नयाँगाउँ बाट बेलबास तर्फ आउँदै गर्दा बेलबासमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्युठान घर भइ बुटवल जीतगढी बस्दै आएका श्रीधर पोखरेल रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालले जनाएको छ । बुधवार राती भएको उक्त दुर्घटनामा गम्भिर घाईते अवस्थामा भेटिएका पोखरेलले प्रहरीले उद्धार गरि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।