ताजा अपडेट »

नेपालको क्रिकेट दमदार रूपमा अगाडि बढ्दै छ

बुधबार, ०३ जेठ २०८०

एसीसी प्रिमियर कप क्रिकेटको फाइनल म्याच हेर्न किर्तिपुर क्रिकेट मैदानमा आएका केही दर्शकहरूलाई एक जना पत्रकारले प्रश्न गरे ‘नेपाली क्रिकेट टिमको पछिल्लो समयको प्रदर्शन बारेमा तपाईंहरुको विचार के छ ?’ उत्तरमा अधिकांश दर्शकहरूको एउटै किसिमको जवाफ थियो । विश्वभरी नेताहरुले फालेको नेपालको इज्जतलाई क्रिकेट खेलाडीहरूले फिर्ता गर्ने क्रममा छन !

साच्चै ति क्रिकेट प्रेमी दर्शकले भनेजस्तै भएको छ। पछिल्लो समय नेपाललाई विश्व जगतले हेर्ने दृष्टिकोण फरक हुँदै गएको अवस्था छ। ति सब कारण यहाँको राजनैतिक बेथिति र भष्ट्राचारले गर्दा हो ! नेपालले आफ्नो इज्जत गुमाउँदै गएको शिलशिलामा क्रिकेट खेलाडीले नेपाल र नेपालीको शिर ठाडो बनाएका छन् । पछिल्लो समय नेपाली क्रिकेट खेलाडीले गरेको प्रदर्शनले विश्व माझ हामी नेपालीको छुट्टै पहिचान बन्ने क्रममा छ। आजभोली भन्ने गरिन्छ जस्तो सुकै परिस्थिति आओस् तर नेपालले सकभर हार्न जानेको छैन !

हिजो नेपालसंगै खेल्ने अफगानिस्तानले क्रिकेटमा कति धेरै प्रगति हासिल गरेको छ । अफगानिस्तान अहिले भारत पाकिस्तान अस्ट्रेलिया, इङ्गल्याण्ड, न्युजिल्यान्ड जस्ता क्रिकेटका महारथी मानिने देशहरुसँग मज्जाले प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा पुगेका छ। खेललाई राम्रो हुन देश धनी भएर मात्र हुन्छ भन्ने हुँदैन रहेछ । त्यसैको ज्वलन्त उदाहरण हुन अफगानिस्तान, पाकिस्तान, श्रीलंका जस्ता देशहरु । आर्थिक समृद्धिको हिसाबले ति देशहरू नेपाल जस्तै हुन । तर ती देशहरूको क्रिकेट खेल र खेलाडी विश्व सामु चिरपरिचित छन् । ति देशका खेलाडीसँग हुने क्षमता हाम्रो देशका खेलाडीसँग नभएको काहाँ होर, तर हाम्रो देशका खेलाडीको क्षमतालाई पहिचान गर्न राज्यले सकेको छैन । साथै खेलाडीहरूको लागि अभिभावकीय भूमिका लिन अझै सकेको छैन । नेपाल सरकारले क्रिकेट खेललाई गम्भीर भएर सोच्यो भने निकट भविष्यमा क्रिकेट खेलले नसोचेको प्रगति हासिल पक्कै गर्नेछ।

नेपालमा क्रिकेट खेलको क्रेज कति छ भन्ने कुरा त एसिसि प्रिमियर लिग किर्तिपुरमा चल्दै गर्दाका दृश्यहरुले देखाउँछ। ‌किर्तिपुर क्रिकेट ग्राउण्ड भरिएपछि मैदान भित्र जान नपाएर रूखको टुप्पोमा बसेर नेपालको झण्डा फरफराउँदा होस या पानी परिरहँदा घन्टौ छाता ओढेर क्रिकेट कति बेला सुरु हुन्छ भनेर प्रतिक्षामा उभिएका दर्शकहरूको दृश्य । साच्चै विश्व जगतलाई थाहाँ भयो नेपालीहरूलाई क्रिकेटप्रतिको प्रेम कुन हतसम्म छ भनेर । ति दृश्यहरूले विश्व सामु नेपालको क्रिकेट प्रतिको प्रेमलाई त दर्शायो तर नेपाल सरकारलाई भने विश्वले गिज्जाई रहेको थियो र आजसम्म सरकारमा बसेका नेताहरुको निर्लज्जता पनि देखाई रहेको थियो। त्यति धेरै क्रिकेट प्रेमी भएको देशमा एउटा राम्रो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम छैन भनेर। यतिधेरै क्रिकेट खेललाई माया गर्ने देशमा एउटा पनि अन्तर्राष्ट्रिय स्तरको सुविधा युक्त क्रिकेट स्टेडियम नहुनु साच्चै दुखको कुरा हो। किर्तिपुर र मुलपानीमा क्रिकेट मैदान भएपनि तर तिनलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन तर्फ सरकार लाग्नु पर्छ, त्यतातिर सरकारको ध्यानाकर्षण छिटो होस, संगै चितवन मा बन्दै गरेको क्रिकेट स्टेडियमको अब स्वामित्व कस्ले लिने हो जस्ले लिएपनि छिटो भन्दा छिटो काम शुरु भए देखि राष्ट्रको लागि र क्रिकेट खेलको लागि सुखद कुरा हुने थियो।

नेपालले पहिलो पटक सर्वाधिक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको छ। पछिल्लो समय लगातार महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाईरहेको बेला यो अवसर पनि प्राप्त गरेको छ,। जस अनुसार अब को टि(२० विश्वकपको एसिया छनोटको जिम्मा नेपालले पाएको ऋब्ल् ले जनाएको छ। अमेरिका र वइस्टिडीज ले सन २०२४ को जुनमा आयोजना गर्ने टि (२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद क्ष्ऋऋ ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता गर्न दिएको छ। सोही प्रतियोगिता नोभेम्बरमा हुने भएको छ। नेपाल क्रिकेट संघ ऋब्ल् का अध्यक्ष चतुर बहादुर चन्द का अनुसार क्ष्ऋऋ ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने अधिकार दिएको हो, नेपालले यस अघि पुर्वाधार कारण ठुला प्रतियोगिता आयोजना गर्न पाएको थिएन खेल किर्तिपुर र मुलपानी मैदानमा हुने छ‌। एसिया क्षेत्र छनोटमा, नेपाल सहित, युएई, ओमान, हङकङ, बहराइन, र सिंगापुरले प्रतिस्पर्धा गर्ने जनाएका छन् यसैबाट पुष्टि हुन्छ कि नेपालमा क्रिकेट खेल दमदार रूपमा अगाडि बढ्दै गएको छ भन्ने कुरा, क्रिकेट खेललाई अब त नेपाल सरकारले प्राथमिकता साथ हेर्नुपर्ने देखिएको छ।

नेपाल एसीया कपमा पुग्नु र एसिया कप हुदैन कि भन्ने आशंका बढ्नुले नेपाली क्रिकेट खेलाडीदेखि क्रिकेट प्रेमी सबैलाई चिन्तित बनाएको छ। भारत र पाकिस्तानको आन्तरिक द्वन्द्वका कारण एसिया कप नै प्रभावित हुने हो कि भन्ने आशंका बढ्दै गएको छ। पाकिस्तानमा हुने एसिया कप खेल्न भारत पाकिस्तान नजाने कुराले गर्दा एसिया कप कुन देशमा हुने हो, दुबिधा बढ्दै गएको क्रिकेटका जानकार हरूले बताउदै आएका छन। पछिल्लो समय नेपालले एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको छ। तर ब्ऋऋ ले अहीले सम्म एसिया कप आयोजकको टुंगो लगाउन सकेको छैन त्यसैले ले गर्दा अन्योलता बढ्दै गएको छ। एसिया कपमा नेपाल भारत र पाकिस्तानको समुहमा रहेको छ। एसिया कप जुन देशमा भएपनि नेपाल लाई केही फरक पर्दैन मात्र यति हो एसिया कप नेपालले खेल्न पाए हुन्छ,। निकै लामो सङ्घर्ष पश्चात नेपालले एउटा सुनौलो अवसर प्राप्त गरेको छ। यो अवसर लाई भरपुर उपयोग गर्ने लक्ष्यमा नेपाली क्रिकेट टिम लागेको छ। नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपालले ठुला देशहरू संग प्रतिस्पर्धा गरेको हेर्न नेपाली क्रिकेट प्रेमी दर्शक आतुर छन्। आसा छ यो अवसर गुम्दैन, यदि भारत र पाकिस्तानको आन्तरिक द्वन्द्वका कारण एसिया कपलाई हुन दिइएन भने सम्रग क्रिकेट खेल प्रतीको अन्याय हुने छ, यसको सम्पूर्ण क्षेती भारत र पाकिस्तानले ब्यहोर्नु पर्ने हुन्छ जसको कारण अन्तर्राष्ट्रिय स्तरमा यी देशहरूको छवि पक्कै गुम्ने छ।

नेपालको क्रिकेट खेलाडीलाई सरकारको साथ अपरिहार्य छ। नेपालमा खेलाडीहरू होनहार छन् तर खेलाडीहरु क्रिकेट खेलेर मात्र आफ्नो जिन्दगी चल्दैन की भन्ने ठूलो भयमा छन् खेलाडीलाई खेलाडी नै भएर जीवन बिताउने वातावरणको सिर्जना नेपाल सरकारले गर्नुपर्छ। आजसम्म नेपाली क्रिकेट पछाडि पर्नुको मुख्य कारण खेलाडीले आफ्नो खेलमा भविष्य नदेख्नु हो। कतिपय राष्ट्रिय स्तरका खेलाडी त विदेशीएका छन किनकी खेलबाट आफ्नो भविष्य नेपालमा अन्धकार देखेर नै हो। अब यो परिस्थितिको अन्त्य हुनुपर्छ, देशमा रोजगारी नहुनुले पनि खेललाई धेरै असर पारेको छ । वैदेशिक रोजगारीले गर्दा हजारौं देशका गहँना बन्न लायक युवाहरु विदेशीन बाध्य छन्,। गरिबी र बेरोजगारीले गर्दा आफूसँग भएको क्षमतालाई देखाउने न ठाउँ पाएका न मौका नै पाएका छन् । त्यसैले गर्दा हजारौं होनहार देशका गहँनालाई राज्यले चिन्न नसक्दा नेपालले गुमाउँदै आएको छ।

अरू देशमा उत्कृष्ट खेलाडीहरु उत्पादन हुँदा नेपालमा किन हुँदैनन् भन्नु भन्दापनि राज्यले चिन्न नसकेको अवस्था हो । खेलाडी त जन्मिन्छन् तर तिनीहरू खेलाडी बन्न पाउँदैनन् किनकी राज्यको आँखाले पूर्ण रुपमा देख्न नसकेको अवस्था छ। दुर(दराजमा जन्मेको बालक बाल्यकालमा काठको फ्ल्याकलाई ब्याट बनाएर, टालाको बललाई क्रिकेट बल बनाएर, क्रिकेट खेल्न सुरू गरेको बालक पनि भोलि नेपालको झण्डा विश्वभर फैलाउन सक्छ यदि साथ पायो भने । खेलाडी बन्नलाई गरिबी बाधा नबदियोस खेलाडी उत्पादन शहरमा मात्र हुँदैनन् भोलि अन्तर्राष्ट्रिय मैदानमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी गाउँ–गाउबाट पनि उत्पादन हुन्छन् भन्ने कुरा सरकारले बुझोस् । देशलाई विश्वमाझ सहजै चिनाउन सक्ने मुख्य माध्यम खेल हो यसलाई सरकारमा रहेका र भोलि सरकारमा जानेहरूले बुझ्नु जरुरी छ ।