भैरहवा । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित छ सिद्धार्थनगर । महामानव शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको सिद्धार्थनगर लुम्बिनीको प्रवेशद्वार मात्र होइन, नेपाल भारत सीमा नाकासँग जोडिएको पर्यटक आवागमनको मुख्य विन्दु पनि हो । स्थलमार्ग हुँदै लुम्बिनी घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई यही सिद्धार्थनगरले सबैभन्दा पहिले स्वागत गरेर पठाउने गरेको छ । यस क्षेत्रको पुरानो शहर सिद्धार्थनगरमा हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेसँगै यसको सौन्दर्यतामा थप आयाम थपिएको छ । शिद्धार्थनगर नगरपालिकालाई केही समय यता हरियाली र स्वच्छ देख्न सकिन्छ । यस नगरपालिकाको नामाकरण पनि शान्तिका दुत भगवान गौतमबुद्धको बाल्यकालको नाम ‘शिद्धार्थ’बाट गरिएको हो ।
लुम्बिनी जानको लागि दोहोरिएर यहाँ आउने पर्यटकहरुलाई, पहिले र अहिले सिद्धार्थनगर बारे फरक छुट्याउन लगाउने हो भने उनीहरुले उल्लेख गर्ने सकारात्मक व्याख्याको पहिलो बुँदा हो हरियाली प्रवर्द्धन । फेरिएर हरियाली भएको सिद्धार्थनगर । सिद्धार्थनगरमा हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चाल गरेपछि लगाइएका ५ बजार बोटविरुवा मध्ये ६० प्रतिशत बढी विरुद्ध अहिले हुर्किँदै गरेको बताइन्छ । सिद्धार्थनगर नगरपालिकाले विरुवा लगाए मलजल गरी हुर्काइरहेको छ । आर्थिक वर्ष २०६६/७७ मा नगरपालिकाले ५ हजारको हाराहारीमा वृक्षरोपण गरेको थियो । वृक्षरोपण गरिएका बिरुवाहरुको आँकाडा हेर्ने हो भने लगभग ६५ प्रतिशत बढी बिरुवाहरु हुर्किसकेका छ्न् । यसैगरी आर्थिक वर्ष २०७९/८० को तथ्यांक हेर्ने हो भने नगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरुससँग समन्वय गरेर वृक्षरोपण गरेको छ ।
यसपटक सिद्धार्थनगर नगरपालिकाले बेलहियादेखि अञ्चलपुरसम्म वृक्षरोपण गरेको छ । यो नगरपालिकाले आयोजना गरेको हरियाली प्रबर्द्धन कार्यक्रमको मुख्य उद्देश्य भनेकै फूलैफूलको सहर, हरियाली र स्वच्छ वातावरण बनाउनुसँगै पर्यटकलाई अझ राम्रोसँग स्वागत गर्न सक्नु हो । जसको लागि मुख्य सडकको बीच डिभाइडरमा, सार्बजनिक जग्गा र पार्कहरुमा प्रशस्त मात्रामा वृक्षरोपण गरिएका छन् । जसले गर्दा आजकाल यो नगरपालिकालाई स्वच्छ र हरियाली देख्न सकिन्छ ।
नगरमा फराकिला गरिएका भित्री सडकसँगै ६ लेनका सडक दायाँबायाँ पनि विभिन्न प्रजातिका बिरुवाहरु सामान्य रुपमा नै हुर्किरहेका छ्न । वृक्षरोपण गरिएका अधिकांश ठाउँहरुमा बिरुवाहरु हुर्किदै र केही हुर्किसकेका पनि छन् । केही ठाउँमा छाडा पसु चौपायाहरुले बिरुवा खाइदिने र भाचिदिने समस्या पनि छन् । जसको प्रत्यक्ष उदाहरण हामी यस नगरपालिकाको ‘देवकोटा’चोकमा देख्न सक्छौ । तर अहिले भने यस नगरपालीकाले छाडा पसु चौपायाहरुलाई व्यवस्थापन गरेको हुनाले यो समस्या हटेको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान बताउँछन् । यति मात्र नभएर बिरुवा लगाइएको स्थानहरुमा नगरपालिकाको रेखदेखमै मलजलको काम समेत भइरहेको उनी बताउँछन् ।
सिद्धार्थनगरको लुम्बिनी गेट हुँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म हाइवेको बीचमा तारबारको सुरक्षासँगै विभिन्न प्रजातिका फूलहरु मुस्कुराइ रहेका हामीले देख्न सक्छौं । सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको हरियाली प्रबर्द्धन कार्यक्रम हिजोआज निकै प्रभावकारी साबित हुँदै गएको छ। सडकका दायाँबायाँ र बीचमा हुर्किरहेका बिरुवाहरुले शहर सफा र सुन्दर मात्र नदेखाएर शितलता पनि प्रदान गर्दै आएका छन् ।
हरियाली प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँका नागरिकको पनि उत्तिकै भूमिका रहेको जनप्रतिनिधिहरु बताउछन् । ‘पहिले पहिले उजाड लाग्थ्यो, तर अहिले हरियाली प्रबर्द्धन कार्यक्रम लागू भएपछी शहर सुन्दर सफा देखिन थालेको छ ।’–स्थानीय सँगीता पाण्डेले भनिन् । नागरिककै चाहाना अनुरुप बोटबिरुवाहरु लगाइएकाले पनि नागरिकहरु उत्साहित भएर यो कार्यलाई प्रभाबकारी बनाउन साथ दिइराख्ने उनको भनाई छ । नगरपालिकाले मात्र नभएर खाली रहेका सार्बजनिक जग्गाहरुमा नागरिकहरुले पनि आफै बिरुवा रोप्न सक्ने पनि बताइएको छ । हिजोआज सुन्दर , हरियाली र शितल देखिने सिद्धार्थनगर नगरपालिकालाई यो स्थानसम्म पुर्याउनको लागि नगरपालिकासँगै, विभिन्न सामाजिक संघ–संस्था, उद्योग व्यावसाय, विद्यालयहरु र स्थानीय नागरिकले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिदै आएका छन् ।
प्रतिक्रिया