ताजा अपडेट »

सुनको मूल्य घट्यो

बुधबार, ०३ जेठ २०८०

काठमाडौं । सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको छ ।मंगलबारको तुलनामा १ हजार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।मंगलबार १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको  तेजाबी सुन बुधबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।