ताजा अपडेट »

लामो दुरीको गाडी भाडा घट्यो (सूचीसहित)

बुधबार, ०३ जेठ २०८०

काठमाडौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेलको मूल्य घटेसँगै सरकारले लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा पनि घटाएको हो।

विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।