ताजा अपडेट »

'गुल्मी जिल्ला अदालतको एउटा निष्ठा ढल्यो'

मंगलबार, ०२ जेठ २०८०
1 Shares

गुल्मी । मङ्गलबार  बिहान  घाम  नझुल्किदै  गुल्मी  जिल्ल्ला  अदालतको कानुन  व्यावसायिकहरुका एउटा इतिहास र पेशागत निष्ठा ढलेको छ । ती इतिहास र पेशागत निष्ठा  थिए ८२ वर्षीय प्रेमराज आचार्य ।  जसको  मङ्गलबार बिहान तम्घासको पुरानो बजार स्थित  निवासमा असमायिक निधन भएसँगै गुल्मी  जिल्ला अदालतका कानुन ब्यसायीहरुको  ईतिहास र पेशागत निष्ठाका एउटा उदाहरणीय  पात्र सधैका लागि ढलेका हुन् ।

२००९ सालतिर जिल्ला अदालत गुल्मीको  स्थापना भएको थियो । त्यस अदालतका  आचार्य पछिका पुराना अधिवक्ता गोपाल खनाल  भन्छ्न "२०२४ सालदेखि आचार्य ४५ वर्षसम्म अनवरत अधिवक्ताको भूमिकामा निस्कलङ्क  भई खट्नु भयो। पेशामा  यसरी  निस्कलङ्क    भई यति लामो समय खट्न गार्हो हुन्छ ।" उनले एउटा इतिहास र  पेशागत निष्ठाका एउटा उदारणीय पात्र  नियतिले ढलाएको  बताए  ।  अर्घाखाँचीको छत्रदेव गाउँपालिका-५ छत्रगन्ज  पुर्ख्यौली घर भएका आचार्यले मुलुकी आचार  संहिता २०४७ लागू भए यता महिलाले बोले मात्रै  पनि बलात्कार मुद्दामा पुरुष दोषि हुने अवस्था आएकोप्रती  चिन्ता ब्यक्त गर्दै आएका  थिए । त्यस्तै न्यायिक क्षेत्रमा थुप्रै सुधार गर्नु पर्ने, अन्यथा गरिव र पछाडि परेका वर्ग समुदायले न्याय पाउन नसक्ने उनको ठहर  थियो । 

विक्रम सम्बत् १९८९  साल  वैशाख २८  गते  जन्मिएका आचार्य नेपाल बार एशोसिएसन  गुल्मीको संस्थापक अध्यक्षसहि तीन कार्यकाल  नेतृत्व लिएको  अधिवक्ता तथा पुर्व अध्यक्ष विष्णुअ बलाल बताउँछ्न् । थुप्रै  अनौठा मुद्दा मध्ये सिमिचौरकी एक महिलाले आफ्नै  सम्पत्ती अर्काले झुठो विवरण दिएर सात वर्षसम्म हडपेको र दुःख पाएको कुरा हामी  सँगको कुराकानीमा जीवनको अविषमरणीयय मुद्दाका  रुपमा आचार्यले स्मरण सुनाएका थिए  । आचार्य वैशाख २६ गते रेसुङ्गाको राम महायज्ञमा गएका थिए  र दुई दिन अघिसम्म अदालतमा   वकालत गर्न  पुगेका थिए । सदा झै आज  बिहान उठेर हात-मुख धोइ मर्निङ्ग वाक  जाने  तयारीका लागि बाथरुममा जाँदा ढलेर मृत्यु  भएको उनका भाइ तथा त्यस अदालतका  अधिवक्ता तथा नेपा  बार एशोसिएशनका  अध्यक्ष चिरञ्जीवी शर्मा आचार्यले बताए ।

उनका अनुसार आचार्यका दुई श्रीमती, तीन छोरा र एक छोरी छ्न् । उनको शव घरबाट जिल्ला अदालतको गेट अगाडि ल्याइएको थियो । जहाँ जिल्ला न्यायाधीश  बसन्तराज पौडेल, जिल्ला न्यायधिवक्ता खिमानन्द गौतम  लगायतले आचार्यको प्रार्थिव शरिरमा माल्याणपण गरेका थिए । उनको अहिले यो समाचार चयार पार्दासम्म साझ रिडिमा अन्त्यष्टी गरि मलामीहरु फर्किदै छ्न्  ।