ताजा अपडेट »

नवलपरासीबाट ११ लाख २४ हजारको अबैध सामान बरामद

मंगलबार, ०२ जेठ २०८०

परासी । पश्चिम नवलपरासीबाट ११ लाख २४ मुल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ। प्रहरीले भारतबाट अबैध रूपमा नेपाल भित्र्याउदाँ गरेको अवस्थामा मालसामन बरामद गरेको छ । प्रहरीले जिल्लाको बर्दघाट नपा ४ टिसिएन चोक भारतबाट अबैध रूपमा नेपालमा भित्र्याउदाँ गरेको अवस्थामा उक्ति मानसमान बरामद गरेको हो ।

जिल्ला नवलपरासी बर्दघाट नपा ४ त्ऋल् चोक स्थित दक्षिणबाट उत्तर तर्फ ३ वटा मोटरसाईकलमा सामान राखी ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बर्दघाट बाट ।प्र नि बिरेन्द्र केसिको कमाण्डमा खटि गएको चेकिङ टोलीलाई देखि उक्त सामान सोही स्थानमा छाडी उक्त सामानहरु ल्याउने मानिसहरु भागेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी एव सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

टिसर्ट ६२७ पिस, सेण्डो भेष्ट ४९० पिस, लेडिज कुर्था ७३४ पिस, जेन्स कुर्था ६० पिस गरी जम्मा ११ लाख २४ हजार ४०० बराबरको मालसामान बरामद गरिएको डिएसपी पाण्डेले बताए । सामान नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बर्दघाटमा ल्याई भन्सार कार्यालय महेशपुर पठाईएको र उक्त सामान ल्याउने कार्यमा संलग्न मोटरसाइकल तथा मानिसहरूको खोजतलाश तथा अन्य अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।