ताजा अपडेट »

तिनाउको दाेभान माविमा शैक्षिक अन्तरक्रिया

सोमबार, ०१ जेठ २०८०

तिनाउ । दाेभान माध्यमिक विद्यालय, तिनाउ पाल्पाले विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय जनप्रतिनिधि र शैक्षिक ब्यक्तित्वहरुसँग अन्तरक्रिया गरेकाे छ ।
कार्यक्रममा विद्यालयले तयार पारेकाे शैक्षिक याेजना तथा साप्ताहिक कार्यक्रमका बारेमा छलफल भएकाे थियाे । साथै आउँदाे मंसिर २१ गते गरिने हीरक महाेत्सवका बारेमा समेत छलफल भएकाे थियाे ।

कार्यक्रममा तिनाउ गाउँपालिकाका प्रवक्ता यादव अर्याल, तिनाउ शिक्षा समितिका सदस्य दलबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष चक्रव्यूह थापा, शिक्षकहरु गाेपाल केसी, भेषराज पाेखरेल, श्रीनिवास गाैतम, पदमलाल शाक्य, प्रअ सूर्य पाैडेल पूर्वविद्यार्थी समाजका अध्यक्ष विकास अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठ, सदस्यहरु विमला खरेल र लक्ष्मी श्रेष्ठले तिनाउकाे शैक्षिक जगकाे रुपमा रहेकाे दाेभान माविकाे शैक्षिक अवस्था सुधार गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न सबै सराेकारवालाहरु एकीकृतरुपमा लाग्नुपर्ने बताए ।
शिक्षकहरु क्रियाशील भएमा नै विद्यालय सुधार हुने र विद्यार्थीकाे शैक्षिक अवस्थामा व्यापक परिवर्तन हुने सहभागी बक्ताहरुले बताए ।