बुटवल । बुटवलमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वुटवल उपमहानगरपालिका–१३ का २४ वर्षीय बाल कुमार थापा, वुटवल १४ का २२ वर्षीय गिरेश घर्ती मगर र वुटवल २ का २६ वर्षी युवराज पचभैया मगर रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
उनीहरुलाई प्रहरीले आइतबार वुटवल उपमहानगरपालिका–२ स्थित पाखापानीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट २ ग्राम ५०० मिलि ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र लु ९१ प ३१६० नम्बरको पल्सर मोटरसाईकल बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया