ताजा अपडेट »

रेसुङ्गामा धार्मिक मेला समापन

आइतबार, ३१ बैशाख २०८०

गुल्मी। गुल्मीको धार्मिक तथा पर्यटकिय गन्तव्य रेसुङ्गामा बैशाख २३ गतेदेखि ३१ सम्म श्रीराम महायज्ञ, श्रीराम कथा वाचन महामहोत्सव एवं विराट सन्तभक्त दर्शन मेला आईतबार समापन गरिएको छ । भारतको अयोध्यासम्मको सम्बन्ध विस्तारका लागि रेसुङ्गा संरक्षण समितिले भारतबाट दर्जनौं साधु सन्तहरु ल्याई ९ दिनसम्म चलेको महायज्ञको आठौं दिन भक्तजनको भिड अहिले सम्मकै बढि देखिन्थ्यो ।

महादेव पोखरीदेखि दोहरो र त्यति फराकिलो सिडीमा पदयात्रा गरिरहेको भक्तजनहरु यज्ञशालाको प्रवेशद्धारमा भित्र जाने र बाहिरिनेहरुले बाटो पाउन सकेका थिएनन् । त्यसो त समापनको दिन र अन्य दिनमा पनि भक्तजनहरुको उत्साहजनक सहभागिता थियो । महायज्ञलाई जिल्लावासीले मात्र होईन, छिमेकी जिल्लावासी र रुपन्देहीमा बसोबास गर्नेहरुको समेत उत्साहनक सहभागिता थियो ।

भारतको अयोद्धा र रेसुङ्गा बिच एतिहासिक सम्बन्ध रहेको पैराणिक कथामा पाईन्छ । त्रेता युगमा भारतस्थित अयोध्याका राजा दशरथलाई महायज्ञका प्रभावले दशरथका छोरा राम, लक्ष्मण, भरत र शत्रुधन जन्मेको त्रेता युगको कथा पुराणहरुमा उल्लेख छ । सन्तान लाभ नभए पछि रेसुङ्गाका तपस्वी ऋषि श्रृङ्गेश्वरलाई अयोद्धा झिकाएर महायज्ञ गरे पश्चात उनलाई सन्तान लाभ भएको पौराणिक कथामा उल्लेख भए अनुसार यी दुई धार्मिक क्षेत्रको ऐतिहासिक सम्वन्ध जोडन त्यहाँका रामभक्त साधुु–सन्तहरुलाई झिकाएर महायज्ञ गरिएको आयोजक रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।
सँग रहेकाल धार्मिक मेलामा अयोध्याबाट योगी शम्भुनाथजी महाराज लगायतका सन्तहरुबाट कथा वाचन भईरहेको छ । अयोध्याका राजा दशरथलाई सन्तान नभएपछि रेसुङ्गा धाममा तपश्वी श्रृङ्ग ऋषिलाई अयोध्या बोलाएर अयोद्धामा यज्ञ गरेपछि राजा दशरथलाई जेष्ठ सुपुत्र रामको जन्म भएको र क्रमशः लक्ष्मण, भरत र शत्रुधन जन्मेको त्रेता युगको पुराणहरुमा उल्लेख रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउँदै अयोद्धाका रामभक्तहरुलाई झिकाएर महायज्ञको आयोजना गरिएको हो । महायज्ञको माध्यमबाट रेसुङ्गा क्षेत्रमा धेरै पर्यटक भित्र्याउने रेसुङ्गा संरक्षण समितिका सहसचिब यज्ञ पन्थीले बताए ।

रेसुङ्गाको महिमा श्री ३ राणमहाराज र दरवारियाहरुमा पनि रहेको त्यहाँ चढाईएको घण्ठा र यज्ञशालाको सुनको जलप र अन्य पुजा सामग्रीले पनि स्पट हुन्छ । त्यहाँको प्रचार प्रसार विवकाससंगै पर्यटकिय दृष्टिले निकै सुन्दर पनि बनेको छ रेसुङ्गा पुण्य भुमी। तल महादेव पोखरी वरपिरि मठमन्दिर निर्माण, उता सानो रेसुङ्गमा पनि आकर्षक मन्दिर लगायतको संरचना निर्माण महादेव पोखरी छेवैमा सुविधा सम्पन्न होटल पौवा सञ्चालनमा आए पनि धार्मिक मात्रै नभएर पर्यटकिय दृष्टिले पनि त्यहाँ दिनहुँ मानिसहरुको भिड बढदै गएको छ ।

रेसुङ्गा नगरपालिकाका पुर्व मेयर तथा हाल प्रदेश सदस्य डिल्लीराज भुसालले रेसुङ्गाको विकासमा उल्लेखनिय विकास भयो । फराकिलो र दोहरो रेलिङ्ग सहितको सिडीले यज्ञशाल सम्मको पदयात्रा सहज मात्रै भएन अहिलेको पिढीलाई टिकटक बनाउन तस्वीर खिचाउन आकर्षको केन्द्र बन्यो । उनकै कार्यकालमा तल गर्जुरामा बिशाल र आकर्षक रेसुङ्गा पार्क निर्माणधिन अबस्थामा छ । वर्तमान मेयर खिलध्वज पन्थी पनि त्यहाँको बिकासमा त्यति कै लागेका छन ।

रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभई जैविक विविधताले भरिपूर्ण क्षेत्र छ । त्यसको संरक्षणमा ध्यान दिन सके भबिश्यमा विदेशी मुद्रा आर्जन समेत गर्न सकिन्छ । रेसुङ्गा प्राकृतिक रुपमा सुन्दर एक पटक अवश्य पुग्नै पर्ने थलो हो । तपाई पुग्नु भएको छैन्, पुग्ने योजना बनाउन नभुल्नुहोस ।