ताजा अपडेट »

यार्सा संकलक माथी चटयाङ, तीनजना घाइते

आइतबार, ३१ बैशाख २०८०

दार्चुला । दार्चुलामा चटयाङमा परेर तीनजना घाइते भएका छन् ।यार्सगुम्बा संकलन गरिरहेका माथी चटयाङ पर्दा तीनजना घाइते हुन पुगेका हुन् । उनीहरुको अहिले उपचार भईरहेको छ ।  

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल घाइते हुन पुगेका हुन् ।यसअघि पनि यार्सा संकलन हिम पहिरोमा पुरिदाँ झन्डै आधा दर्जनको मृत्यु भएको थियो ।