ताजा अपडेट »

प्रमुख तीन दलका शिर्ष नेताहरु बीच भेटघाट जारी

आइतबार, ३१ बैशाख २०८०

काठमाडौं ।  प्रमुख तीन दलका शिर्ष नेताको बीचमा भेटघाट जारी रहेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटघाट जारी छ ।

सरकारका नीति तथा कार्यक्रम, जेठ १५ गते आउने बजेटसहित नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छलफल हुने बुझिएको छ।