ताजा अपडेट »

सवारी दुर्घटनामा परी मृत्यु भएका गुल्मीका पन्थको सम्झनामा अक्षय कोष स्थापना हुने

शनिबार, ३० बैशाख २०८०

वुटवल । जिवन बावु पन्थको सम्झनामा अक्षय कोष स्थापना हुने भएकोछ श्री नव प्रगतिशिल युवा क्लव द्धारा श्री मैनडाँडा मा.वि हर्दिनेटामा रु. १ लाख बराबरको जिवनबावुस्मृतिअक्षयकोष स्थापना गर्ने घोषणा निर्णय गरेको क्लबका पूर्व अध्यक्ष विनोद पन्थले जानकारी दिए ।

उनी यसै क्लबका वर्तमान अध्यक्ष समेत रहेका थिए। घोषित रकम अक्षय कोषको केही मापदण्ड बनाएर केहिदिन पछि एक कार्यक्रमका बिच विद्यालय लाई हस्तान्तरण गरीने क्लबका संस्थापक अध्यक्ष जनक पन्थले बताएका छन् साथै उनले उक्त कार्यमा सबैले सहयोग गर्न समेत आग्रह गरेका छन्।

सोमबार बेलुका लु १ क २६१४ नम्बरको टिपरले लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको थियो । ३२ बर्षिय पन्त आमा गुणाकला पन्तको ७५ औ जन्मदिन मनाएर बुटवलतर्फ फर्किँदै थिए । मृतक पन्त १३ वर्षदेखि बुटवलमा राजनीतिक सामाजिक काममा सक्रिय थिए । गम्भीर घाइते भएका पन्थको सोमबार राति उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।