ताजा अपडेट »

पूर्व गृहमन्त्री खाँणको गृहनगरमा भ्रष्टाचार विरुद्ध प्रदर्शन

शनिबार, ३० बैशाख २०८०

बुटवल । पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको गृह नगरमा शनिबार भ्रष्टाचार विरुद्ध युवाहरुले विरोध प्रदर्शन गरेका छन् । पूर्व गृहमन्त्री खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् ।

नक्कली भुटानी श्ररणार्थी प्रकरण बाहिरिसँगै निस्पक्ष छानविनका लागि देशभर विभिन्न राजनीतिक दल तथा संघ संस्था सम्बद्ध युवाहरुले प्रदर्शन गर्दै आएका छन् । रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजित विरोध कार्यक्रममा युवाहरुले ‘राजनीतिक भ्रष्टाचार विरुद्ध एकजुट हौं’, सरकार हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।