ताजा अपडेट »

तिनाउमा लुम्बिनी प्रदेशका वन निर्देशक तथा डिभिजन प्रमुखलाई सम्मान

शुक्रबार, २९ बैशाख २०८०

तिनाउ । लुम्बिनी प्रदेश, वन तथा वातावरण मन्त्रालयका वन निर्देशक  दधिलाल कंडेल र डिभिजन वन कार्यालय, पाल्पाका डिभिजनल वन अधिकृत नारायणदेव भट्टराईलाई सामुदायिक वन समन्वय समिति र ढापखाेला सामुदायिक वन  उपभोक्ता समूह तिनाउ-पाल्पाले शुक्रबार रानी झरनामा स्वागत तथा सम्मान गरेकाे छ ।


वन निर्देशक कँडेलले वनलाई जाेगाउनका निम्ति वन उपभोक्ता समूहरुसँग मिलेर  आफ्ना निकायहरु निरन्तर लागिपरेकाे बताए । साेही अवसरमा उनले तिनाउमा पर्यापर्यटनकाे पर्याप्त सम्भावना र अवसर रहेकाे बताए । पाल्पाका डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले स्थानीय उपभाेक्ताहरुलाई वन्यजन्तुले सताएकाे ,खेती किसानीमा असर गरेतापनि वन जाेगाउनका निम्ति उपभाेक्ताहरु क्रियाशील रहँदै आएकाे बताए । वन नियमावलीमा यसका बारे सुधार हुनुपर्ने बताए ।

कार्यक्रममा समन्वय समितिका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरुङले स्वागत,सचिव दिनेश जीसीले सञ्चालन,ढापखाेला सावउसका अध्यक्ष कुम्भकला खड्काले धन्यवाद र समन्वय समितिका अध्यक्ष पदमलाल शाक्यले अध्यक्षता गरेका थिए ।