ताजा अपडेट »

दार्शनिक तथा योग गुरु डा. विकासानन्दको शनिबार बुटवलमा प्रवचन

विहीबार, २८ बैशाख २०८०

बुटवल । ‘संसार बदल्नु छ, शुरु आफैबाट गर्नु छ ।’-भन्ने मूल मन्त्रसहित शनिबार बुटवलमा योग, ध्यान, हिप्नोसिस एवम् ध्यान कार्यक्रम हुने भएको छ । विश्व विख्यात दार्शनिक तथा योग गुरु डा. विकाशानन्दले योगाभ्याससँगै प्रवचनको आयोजना गरिएको आयोजक संस्था विकासानन्द फाउण्डेशन (विश्व परिवार)का संयोजक लिला गौतमले जानकारी दिइन् ।

बुटवलको दा फ्लामिङ्गो होटलमा हुने कार्यक्रम बारे जानकारी दिन विहिबार पत्रकार सम्मेलनमा बोल्दै उनले ध्यान, योग बारेका महत्व बारे जानकारी गराउँदै गाभा, काभा, नाभा, हिक्नोसेस तथा रेकी हिलिङ प्रविधिबाट उपचारको समेत व्यवस्था गरिएको संयोजक गौतमले बताइन् । रुपन्देहीका एक हजार बढी सहभागी हुने अपेक्षा गरिएको कार्यक्रममा सहभागी हुनका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ सहयोग उठाएर खर्च व्यवस्थापन गरिएको सचिव प्रकाश बिसीले जानकारी दिए । विहान र दिउँसो गरी दुई खण्डमा सञ्चालन हुने योगा तथा प्रवचन कार्यक्रमले विश्व परिवारमा सामेल हुन चाहने व्यक्तिहरुलाई संगठित गर्न सहयोग पुग्ने आयोजकको लक्ष्य रहेको छ ।

सम्पूर्ण मानवलाई एक ठाउँमा जोडेर विश्व परिवार निर्माणको अभियान अघि बढाउने लक्ष्यसहित संस्थाले कार्यक्रम आयोजना गरेको जनाएको छ । दार्शनिक तथा योग गुरु डा. विकासानन्दको शिक्षाले स्वास्थ्य लाभ, शान्ति, आनन्द प्राप्ति हुनुका साथै आध्यात्मिक, नैतिक र वैचारिक लाभ प्राप्त हुने संस्थाका कोषाध्यक्ष चन्दा मगरले बताइन् ।