बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अख्तियारले भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बुटबलका तत्कालिन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठसहित ५ जना विरुद्ध मुद्दा दायर गरेको छ । बुटबलमा भूमिगत जलस्रोत र सिंचाइ निर्माणसम्बन्धी ठेक्कामा कामै नगरी रकम भुक्तानी दिएको भन्दै आयोगले तीन कर्मचारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
श्रेष्ठसँगै इञ्जिनियर सन्तोषकुमार दास र लेखापाल नेत्रप्रसाद मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले भोलेबाबा कन्स्ट्रक्सन, त्यसका ठेकेदार सुक बहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । पम्पहाउस, स्टोरेज ट्यांकी र वितरण प्रणाली निर्माणको ठेक्कामा हुँदै नभएको काम भएको भनी रकम भुक्तानी दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले कार्यालय प्रमुख श्रेष्ठ, इञ्जिनियर दास र लेखा प्रमुख नेत्रप्रसाद मरासिनी, माथि ५३ लाख ७५ हजार बिगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो । निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिलाई भने अख्तियारले ६३ लाख सात हजार रुपैयाँ बिगो मागदाबी गरी मुद्दा चलाएको छ । उनीहरूमाथि नगरेको कामलाई बढी काम गरेको देखाउन झुट्टा बिल बनाउन लगाएको आरोप छ ।
प्रतिक्रिया