ताजा अपडेट »

सिंहदरवारमा प्रधानमन्त्रीसहित शिर्ष नेता बिच छलफल जारी

बुधबार, २७ बैशाख २०८०

काठमाडौं । सिंहदरवारमा प्रमुख तीन दलका शिर्ष नेताबिचको छलफल सुरु भएको छ । 

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहेका छन् ।

नक्कली भुटानी शरणार्थी काण्डले राजनीति तरंगित भएका बेला तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान कांग्रेसका नेतासमेत रहेका निवर्तमान गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै राजनीतिक तरंग सुरु भएको छ । 

आजै सोही आरोप लागेका पूर्व मन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी निलम्बनमा परेका छन । उनी भने फरार रहेका छन् ।