ताजा अपडेट »

अर्घाखाँचीमा जंगलमा लागेको आगो बस्तीमा पस्दा ५ जना घाइते

मंगलबार, २६ बैशाख २०८०

बुटवल । अर्घाखाँचीमा जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि पाँच जना जलेर घाइते भएका छन्।जिल्लाको भूमिकास्थान नगरपालिका– २ तिरतिरे खोलाको जंगलमा मंगलबार बिहानैदेखि लागेको डढेलो एक्कासि बस्तीमा पसेको थियो।

जंगलबाट सल्किएको डढेलोबाट स्थानीय ५५ वर्षीय पदम बेलबासेको टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको हो।सोही घरको आगो निभाउने क्रममा पदम बेलबासेसहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैका अवस्था गम्भीर छ।

मध्याह्न १२ बजेतिर भएको उक्त घटनामा परी घाइते भएका सबैलाई थप उपचारको लागि सन्धिखर्कबाट युनाइटेड मिसन अस्पताल पाल्पा रिफर गरिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।