ताजा अपडेट »

पाल्पामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु

मंगलबार, २६ बैशाख २०८०

बुटवल । पाल्पाको रामपुरमा करेन्ट लागेर मँगलबार बिहान एक युवाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिका-५ भम्बकका ३४ वर्षीय गोबिन्द कुमालको करेन्ट लागेर मृत्यु भएको हो  ।

कुमालले आफ्नै बारीमा रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा नजिकै रहेको बिजुलीको नाङ्गो तारमा घाँसको डाला अड्किएको र उक्त डाला निकाल्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका थिए । स्थानीयले तत्काल उद्धार गरी उपचारको लागि रामपुर अस्पताल पाल्पा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय रामपुरबाट अधिकृत सहित खटिएको टोलीले घटनाको अनुसन्धान गरेको छ ।