काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट पारित गरेको छ । सोमवार बसेको आकस्मिक कार्यसमिति बैठकले ६७ करोड बढीको बजेट पारीत गरेको हो । सो बजेट पारितसहित एन्फाले थव ११ वटा विभिन्न ११ निर्णयसमेत गरेको जानकारी सार्वजनिक गरेको छ ।
एन्फा कम्प्लेक्समा बसेको बैठकले स्थानिय सरकार तथा सरोकारवालासँगको सहकार्यमा न्युनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष र ६ वटा क्लव सञ्चालन गर्ने निर्णय लिएको एन्फाले जनाएको छ ।
प्रतिक्रिया