ताजा अपडेट »

२ करोडको लगानीमा भैरहवामा ‘दिब्यम स्वीटस् एण्ड स्नयाक्स’ संचालनमा आउँदै

सोमबार, २५ बैशाख २०८०

बुटवल । रुपन्देहीको भैरहवामा दिब्यम स्वीटस् एण्ड स्न्याक्स नामको शााकाहारी रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । भैरहवाका व्यवसायी श्याम अग्रवालले देवकोटा चोकमा रहेको एसआर कमप्लेक्सको ग्राउण्ड फल्वरमा दिब्यम स्वीटस् एण्ड स्नयाक्स संचालनमा ल्याउन लागेका हुन् । करिब २ करोडको लगानीमा संचालनमा आउन लागेको यस शाकाहारी रेष्टुरेन्टले मिठाईका परिकारहरुका साथसाथै ट्रेडिसनल इन्डियन फुड, साउथ इन्डिन फुड, चाइनिज फुड, चाट तथा शुद्ध शाकाहरी खानाका परिकारहरु उपलब्ध गराउने रेष्टुरेन्टले जनाएको छ ।

सिमावर्ति शहर भैरहवामा मिठाई तथा भेज स्न्याक्सको राम्रो माग तथा खपत समेत रहेको हुदा हामीले गुणस्तरीय तथा आधुनिक स्वीटस् तथा भेज रेष्टुरेन्टको कमी महसुस गरी समयानुकुल सुबिधा सम्पन्न स्वीटस् तथा स्न्याक्स हाउस संचालनमा ल्याउन लागेको संचालक श्याम अग्रवाल बताउछन ।

निर्माण कार्य फिनिसिङको अन्तिम चरणमा पुगेको र अब केही दिन भित्रमा नै औपचारिक रुपमा सुभारम्भको तयारीमा रहेको अर्का संचालक अभिशेक अग्रवालले बताए । ‘हाम्रो सबै तयारी पुरा गरिसकेका छौँ । अबको १५ दिन भित्रमा भैरहवा बासीलाई हामी हाम्रो सेवा दिनेछौँ ।’–उनले भने । ‘इन्डियन फुड, साउथ इन्डिन फुड, चाइनिज फुड, चार्ट, मिठाई र शुद्ध साहाकारी खानालगायतका परिकारलाई विशेष प्राथमिकता दिएका छौँ । यी परिकारहरु अन्यन्त्र भन्दा हामीले एकदमै गुणस्तरीय रुपमा उपलब्ध गराउने प्रतिबद्धता पनि गर्दछौ।’– उनले भने ।

आवश्यक पर्ने मुख्य जनशक्तिहरु भारतबाट पनि आइसकेको र स्थानिय सहित कम्तिमा पनि ५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने संचालक श्याम अग्रवाल बताउछन् । रुपन्देहीमा दिब्यम स्वीटस एण्ड स्न्याक्सको संचालनसगै यो भैरहवा बासीको मात्र न्भई आन्तरीक तथा भारतिय पर्यटकहरुको समेत पहिलो रोजाई बन्ने विश्वास लिएको संचालक श्याम अग्रवालको भनाई छ ।