बुटवल । काठमाण्डौ महानगरपालिकाको सेवाप्रवाहलाइ होम डेलिभरी गर्ने नीति अनुरुप ‘केएमसी’ (काठमाण्डु मेट्रोपोलिटियन सिटी) एप सार्वजनिक गरेको छ । सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली ‘केएमसी’ एप सार्वजनिक गरिएको मेयर बालेन्द्र शाहले जानकारी गराएका छन् ।
सामाजिक सञ्जाल फेसबुक माफर्तत एप सार्वजनिक गरिएको जानकारी गराउँदै उनले ३१ वटा सेवा घरमै बसेर एम मार्फत लिन सकिने सूचीहरु बारे उल्लेख गरेका छन् । महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने ब्यवस्था गरिएको उनले बताए छन् ।
एप मार्फत नागरिकता सम्बन्धी सिफारिस, घरवाटो सिफारिस, कित्ताकाट सिफारिस, जग्गा मुल्यांकन सिफारिस, घरधनी प्रमाणपुर्जाको प्रतिलिपि, घर कायम सिफारिस, सम्पत्ति कर चुक्ता सिफारिस, अस्थायी बसोबास सिफारिस, स्थायी बसोबास सिफारिस, विद्युत जडान सिफारिस, धारा जडान सिफारिस लगायतका सेवाहरु लिन सकिने उल्लेख छ । यसैगरी आन्तरिक बसाइसराइ सिफारिस, कोठा खालि गर्ने सिफारिस, जन्म मिति प्रमाणित, अविवाहित प्रमाणित, नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस, अदालत शुल्क मिनाहा सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस, ब्यवसाय बन्द सिफारिस, संस्था दर्ता सिफारिस, छात्रबृत्ति सिफारिस, अपांग सिफारिस, बिद्यालय कक्षा बृद्दी सिफारिस, बिपन्न नागरिक औषधी उपचार सिफारिस, तथा ब्यवसाय स्थानान्तरण सिफारिस, लगायका ३१ वटा सिफारिसहरू अनलाइन गरिएको छ ।
एप मार्फत ३० भन्दा बढी प्रकारका सिफारिसहरू, अनलाइन राजस्व, नगर प्रमुखसँग भेटघाटका लागि अपोइन्टमेन्ट, च्याटबोट, महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू, बिभागगत कार्यबिबरण सहितको डिजिटल नागरिक वडापत्र, हेल्लो मेयर, जनगुनासो, स्मार्टकर, प्रकाशित राजपत्रहरू, पर्कस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप, पर्यटकीय स्थलहरू, तथा सार्वजनिक शौचालयहरु समेटिएका छन ।
यस एपमा अनलाइनबाटै सम्पत्तिकर, भूमी तथा मालपोत कर, ब्यवसाय कर जस्ता बिभिन्न करहरू तिर्न सकिने जसमा इसेवा, खल्ती आएम इ पे प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ ।
साथै महानगरपालिकाले बिभिन्न कामहरू तथा ठेक्का बापतको भुक्तानीका लागि समेत भ्ँत्९भ्भिअतचयलष्अ ँगलम त्चबलकाभच ० सेवा सुरू गरेको छ । यो सँगै महानगरमा कर तथा रकम तिर्न र भुक्तानी लिन कार्यालय आउन नपर्ने मेयर बालेनले बताएका छन् । सेवाग्राहीहरूले पैसासँग जोडिएका हरेक कारोबार घरबाटै गर्न सकिने ब्यवस्थाले सेवा प्रवाह तथा आर्थिक कारोवारलाई थप पारदर्शी बनाइ सेवाग्राहीमैत्री महानगर बनाउन टेवा पुर्याउने उनले अपेक्षा गरेका छन् ।
प्रतिक्रिया