बुटवल । संक्रमणकालिन न्यायका लागि सबै एकजुट हुन आवश्यक रहेकोमा अधिकारकर्मीहरुले जोड दिएका छन् । रुपन्देहीको तिलोत्तमामा आइतबारदेखि जारी दुई दिने ‘महिला मंच २०८०’ मा बोल्ने द्वन्दपीडित महिलाहरु तथा अधिकारबादीहरुले प्रश्न उठाएका हुन् । दिगो विकासका लागि महिला नेतृत्व विषयकमा ‘न्याय समानता र पर्यावरणीय अधिकारको सुनिश्चिततास् सामाजिक रुपान्तरण सहितको दिगो विकासमा निश्चितता’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।
‘परिवर्तन आफूले गर्नु पर्छ अरुले गर्दैनन्, परिवर्तन संभव छ तर समय अनुसार चल्न सकेनौ ।’ सहिद परिवारबाट रोल्पा नगरपालिकाको उपप्रमुख बनेकी गिता आचार्यले भनिन्, महिला घाइते अपांग भएका ब्यक्तिहरुका समस्या आउँदा मन घोच्छ । पूर्व संविधान सभा सदस्य सोनिया यादबले महिलाहरु एकजुट हुन नसक्दा महिलाहरुको एकमत हुन नसक्दा महिला मुद्दा ओझेलमा पर्ने गरेको बताइन् ।
महिला मानव अधिकार रक्षक संजालका केन्द्रीय सदस्य इन्द्र शर्माले स्वतन्त्र महिला आन्दोलन आजको आवश्यकता रहेको बताए ।
पुथा उत्तर गङगा गाउँपालिका रुकुम पूर्वका उपाध्यक्ष भुपेन्द्र बुढा मगरले महिलालाई ओझेलमा पार्न महिलाको चरीत्र औल्याउने गरेको बताए । रुकुममा महिलाको अवस्था ज्यादै दयनीय रहेको बताउँदै महिलालाइ हेर्ने दृस्ठिकोट परिवर्तन गर्न आवश्यक रहेको बताए । महिलाको स्वास्थ्यको अवस्था कल्पना गर्न पनि नसक्ने खालका समस्या रहेको उनले उल्लेख गरे । ऐरावत बाल सन्जाल प्युठानका अध्यक्ष लक्ष्मी श्रेष्ठले द्वन्दकालिन संक्रमणकालिन अवस्थाको पीडा अहिले आएर किशोरीहरुले भोग्नु परेको बताइन् ।
प्यानलिस्ट छलफलको सहजीकरण गर्दै महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालका संस्थापक डा. रेणु अधिकारीले संक्रमणकालिन न्यायका लागि राज्य कहाँनेर चुकेको छ ? भनि प्रश्न गरिन । अधिकारकर्मी सुनिता बुढा मगरले द्वन्दको असर अहिलेका किशोरीले भोग्नु परेको बताइन् ।
‘रुकुम पूर्व यस्तो जिल्ला हो, त्यहाँको आवाज काठमाडौंसम्म किन पुग्न सक्दैन, त्यहाँको अवस्था बुझ्न देशैभरिका अधिकारकर्मीलाई अनुरोध गर्छु ।’–मगरले भनिन् । द्वन्दमा अनेक थरी पीडा भोगेका महिलाको अवस्था काठमाडौंका सदनमा बोल्नुन किन बोल्नुहुन्न ? आक्रोससहित उनको प्रश्न थियो ।
कार्यक्रममा एडभोकेसी फोरम लुम्बिनी प्रदेशका अध्यक्ष इन्दिरा आचार्यले आधार पत्र प्रस्तुत गर्दै लुम्बिनी प्रदेश नै १० वर्षे शसस्त्र द्वन्दको उद्गम स्थल भएकोले पनि यहाँका नागरिकको पीडा गहिरो रहेको बताइन् । वेपत्ता भएका परिवारको पीडा तथा सहिद परिवारका पीडा अरु ब्यक्तिले महसुस गर्न पनि नसक्ने बताइन् । प्यानलिस्टको अध्यक्षता गर्दै लुम्बिनी प्रदेश सभाका प्रदेश सभा सदस्य जानकी न्यौपानेले प्रदेश सभाबाट महिलाका र द्वन्दकालिन समयका समस्या सम्बोधन गर्नेगरि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् । महिलाहरु दोहोरो तेहेरो हिंसाको मारमा आज पनि परिरहे पनि यी समस्यालाई सम्बोधन गर्ने गरि दबाब सिर्जना गर्न आवश्यक रहेको औल्याइएको थियो ।
कार्यक्रम सिस्ने गाउपलिकाकाका बिस्णु सापकोटा, बर्दियाका शान्ता सुनार लगायतले तिनै तहका महिला जनप्रतिनिधि एक जुट भएर महिलाको मुद्दाका विषयमा केन्द्रीत हुन सुझाव दिएका थिए ।
प्रतिक्रिया