ताजा अपडेट »

भैरहवाबाट उडेको श्री एयरलाइन्समा समस्या देखिएपछि बीचबाटै फर्कियो

सोमबार, २५ बैशाख २०८०

बुटवल । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः भैरहवा एयरपोर्टमा अवतरण गरेको छ । विहान ९ बजेर ४० मिनेटमा उडेको जाहाजमा ५ मिनेटपछि नै प्राविधिक समस्या भएको भन्दै पाइलटले एनाउन्स गरेको एक यात्रुले ग्लोबल आवाजसँग बताए ।

‘विहान ९ बजेर ४५ मिनेटमा उडेको जहाज ५ मिनेटपछि पाइलटले प्राविधिक समस्या भएको भन्दै एनाउन्स गरे, त्यसको १५/१६ मिनेटसम्म उडान गरेपछि पुनः भैरहवा नै फिर्ता ल्याएर विहान १० बजेर करिब २/३ मिनेट जाँदा अवतरण भयो ।’–ती यात्रुले भने ।
ल्यान्डिङ गेयरको इन्डिकेसनमा समस्या देखिएपछि विमानलाई भैरहवा फर्काइएको श्री एयरलाइन्सका प्रतिनिधिले जानकारी दिएका छन् ।

विमानमा रहेका यात्रु र चालक दलका सदस्य सकुशल रहेको श्री एयरलाइन्सले जनाएको छ । एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाजमा समस्या देखिएको हो ।