ताजा अपडेट »

कागेश्वरी मनोहराबाट जुवातास खेलिरहेका आठजना पक्राउ

आइतबार, २४ बैशाख २०८०

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-९ मानटार भगवतीमार्गस्थित सुदर्शन पुडासैनीको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ६० वर्षीय राजेश खनाल समेत ८ जनालाई प्रहीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद ८१ हजार ३ सय ६० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।