बुटवल । सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर एयरसँग रहेका अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो।
प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि सिम्रिकका सबै उडानमा प्रतिबन्ध लगाएको बताएको छ। शुक्रबार माथिल्लो अरुणको सामान पुर्याएर फर्किदा सिम्रिकको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए भने भविन गुरुङको निधन भएको थियो।
प्रतिक्रिया