ताजा अपडेट »

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

आइतबार, २४ बैशाख २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ ।

जाहेरी कर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको छ । आइतबार सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो। तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ ।