ताजा अपडेट »

‘मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा पुग्नुका कारण बारे अनुसन्धान गर्न आवश्यक छ’

आइतबार, २४ बैशाख २०८०

बुटवल । मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा पुग्नुका कमजोरीअहरु पत्ता लगाउन असुन्धनको खाँचो रहेको विज्ञहरुले बताएका छन् । आर्थिक अनुसन्धान केन्द्र नेपालले शनिबार बुटवलमा आयोजना गरे ‘वर्तमान आर्थिक सङ्कट तथा समाधान’ विषयक अन्तरक्रियामा सहभागी अर्थ विज्ञहरुले मुलुकमा अब आर्थिक क्रान्तिको आवश्यकता औल्याए ।

लुम्बिनी प्रदेश योजना आयोगका निवर्तमान सदस्य डा. दामोदर भुसालले उच्च तहको नेतृत्वमा राजनैतिक ईमानदारीता र नैतिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे । कर्मचारीहरुमा आफ्नो पदीय जिम्मेवारी वहन गर्ने ईच्छाशक्ति हराएकोले मुलुक आर्थिक रुपमा गम्भिर अवस्थामा पुगेको उनले बताए । उनले अब युवाहरुले आफ्नो अध्ययन तथा अनुसन्धानका कार्यहरुलाई राज्यका नीतिमा रहेका कम्जोरी पत्ता लगाउनेमा केन्द्रित गर्न आग्रह गरे । राजनैतिक नेतृत्व कुनै न कुनै उत्पादनमुलक कार्यमा लाग्नु पर्नेमा उनले जोड दिए । आगामि आर्थिक वर्षदेखि तीन तीन महिनाका लागि उद्देश्य निर्धारण गरेर बजेट निर्माण गर्न सकेमा पूँजी खर्चका दरमा आमुल परिवर्तन आउने उनले दाबी गरे ।

प्राध्यापक डा. बावुराम ज्ञवालीले नेपाली अर्थतन्त्रमा संकटका संकेत देखिएपनि अन्य मुलुकमा जस्तो भयावह अवस्था नआउने दाबी गरे । विशाल अर्थतन्त्र रहेका दुई ठूला मुलुकहरुको बीचमा रहेका कारण त्यसबाट नेपाललाई फाइदा हुने उनको विश्लेषण छ । नेपाली अर्थतन्त्रले छोटो समयमा आर्थिक समृद्धि प्राप्त गर्नका लागि देशको सक्रिय जनशक्तिलाई वैदेशिक रोजगारीबाट स्वदेशमा उत्पादनका गतिविधिमा जोडिनका लागि राज्यले नीतिगत रुपमा नै सम्बोधन गर्नु पर्नेमा जोड जोड दिए ।

प्राध्यापक डा. रामचन्द्र आचार्यले नेपालीहरुले पटक–पटक आफ्नो भविष्य बदल्न राजनैतिक व्यवस्था परिवर्तनका लागि आन्दोन गरे पनि नेतृत्वले बद्मासी गरेको आरोप लगाए । उनीहरुको बदमासीका कारण युवाहरु स्वदेशमा नै उत्पादन तथा कृषि, पर्यटनका कार्यमा जोडिन नसकेको बताउँदै अब युवाहरु आर्थिक तथा राजनैतिक क्रान्तिका लागि तयार रहनु पर्ने उल्लेख गरे । साथै संघीयताले नेपाली जनताको हित गर्न नसक्ने बताए । संविधान संशोधन गरि राष्ट्रिय शभा र समानुपातिक प्रणाली अन्त्य गर्नुपर्ने उनको सुझाब छ ।

सह प्राध्यापक डा. खगराज शर्माले राज्यले शुशासन, जवाफदेहीता, नैतिकता र विश्वसनीयता प्रदान गर्न नसक्दा वर्तमान समयमा अध्ययनको नाममा पूँजी पलनयन भईरहेको र यस्तै अवस्था रहिरहेमा देशले सामान्य कार्य पनि गर्न नसक्ने बताए । राज्यले पछिल्लो समयमा सहकारी अभियानलाई गम्भिरताका साथ लिएर राम्रा सहकारीहरुलाई पुस्कृत र नराम्रालाई दण्डित गर्दै लैजान अनुरोध गरे । कार्यक्रममा बोल्दै डा. उमेश न्यौपाने समाजमा रहेका बौद्धिक व्यत्तित्वहरुले वर्तमान समयमा फैलिईरहेको संघीयता प्रतिको नकारात्मक टिप्पणीलाई चिर्दै यसबाट प्राप्त हुने उपलब्धिका बारेमा आम नागरिकहरुलाई सचेत बनाउनु पर्ने बताए । यसैगरि युवा विश्लेषक रामचन्द्र श्रेष्ठले वर्तमान समयमा देश साच्चिकै आर्थिक संकटमा परेको छ वा पारिएको छ भन्ने बुझ्न जरुरी रहेको बताउदै मुलुकबाट शैक्षिक जनशक्ति विदेशीने कार्यलाई अबिलम्ब रोक्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा उद्योगी बावुराम बोहोरा, ग्लोबल आवाजका प्रधान सम्पादक गौतम भुसाल, समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, लेखक संघका अध्यक्ष लिलाधर पाण्डे, शिक्षक मोहन भट्टराई, प्रेम परियार लगायतले वर्तमान आर्थिक अवस्था र निकासका बारेमा सुझाब प्रस्तुत गरेका थिए । कार्यक्रममा ‘अर्थ—अन्वेषण’ स्मारिकाको विमोचन गरिएको थियो । लुम्बिनी प्रदेशको आर्थिक अवस्थाका बारेमा भोजराज पंगेनीले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रम सस्थाका अध्यक्ष हुमराज भुसालको अध्यक्षता, उपाध्यक्ष प्रशान्त रावलको स्वागत र सचिव राजेन्द्र भुसालको सञ्चालनमा भएको थियो ।