ताजा अपडेट »

संघीय संसदका नवनियुक्त सचिवहरुको सपथ आज

आइतबार, २४ बैशाख २०८०

काठमाडौं । संघीय संसद अन्र्तगतका दुईजना सचिवले आज पद तथा गोपनियताको सपथ लिदैँछन् । संघीय संसद सचिवालय, सिंहदरवारमा आयोजना हुने एक समारोहका बिचमा पद तथा गोपनियताको सपथ लिन लागेका हुन । 

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०: १५ बजे उक्त सपथ समारोह  कृषी समितिको हल, सिंहदरवारमा हुनेछ । प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र  राष्ट्रियसभाको सचिबमा डा. सुरेन्द्र अर्याल नियुक्त गत बैशाख २१ गते नियुक्त भएका थिए । संघीय संसद सचिवालयमा सहसचिब पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिब पदमा नियुक्त गरेका हुन । 

उनीहरु दुवैजना नेपालको संबिधानको धारा १०६ बमोजिम सचिब पदमा नियुक्त भएका हुन ।