कञ्चनपुर । सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुखमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । गत शुक्रवार राती होहल्ला गरेपछि सम्झाउन गएका सई चौंसिरमाथी खुकुरी प्रहार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राती १० बजेको समयमा बिओपी प्रमुखमाथि खुकुरी प्रहार भएको हो । सो खुकुरी प्रहारबाट उनको बाया पाखुरामा चोट लागेको छ । खुकरी प्रहार गरी फरार रहेकाहरुकाे अहिले खोजी कार्य जारी राखिएको छ ।
प्रतिक्रिया