ताजा अपडेट »

आइतबारदेखि बजेट अधिवेसन सुरु हुने

शनिबार, २३ बैशाख २०८०

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक भोली आइतबारदेखि सुरु हुदैँछ । पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । 

आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/२१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।