बुटवल । मन्जुश्री फाइनान्स लिमिटेड, बुटवल शाखाद्धारा डिजिटल सचेतना कार्यक्रम आयोजना गरिएको छ । फाइनान्सको बुटवल शाखाले शुक्रबार ‘बुद्ध जयन्ती’को अवसर पारी सचेतना कार्यक्रम आयोजना गरेको हो ।
सामाजिक उत्तरदायित्व बहन गर्दै फाइनान्सले डिजिटल सचेतना कार्यक्रम गरेको फाइनान्सको बुटवल शाखाका शाखा प्रबन्धक रश्मी श्रेष्ठले बताएकी छन् । डिजिटल बैंकिङप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सचेतना कार्यक्रम गरेको श्रेष्ठको भनाई छ ।
‘अहिले धेरैजसो नागरिक डिजिटल बैंकिङतर्फ आकर्षित हुँदै गएका छन् । तर पनि ठूलो संख्या डिजिटल बैंकिङबारे जानकार छैनन्’, उनले भने, ‘यही कुरालाई ध्यानमा राख्दै ‘बुद्ध जयन्ती’को अवसर पारेर सेचतना कार्यक्रम आयोजना गरेका हौँ ।’ कार्यक्रममा फाइनान्सका कर्मचारीहरुले व्यवसायी एवम् सर्वसाधारणलाई डिजिटल सचेतनाका बारेमा जानकारी गराएका थिए । उनीहरुले बुटवलको लक्ष्मीनगर, गोलपाकदेखि पुलचोकसम्म विभिन्न प्लेकार्डसहित सचेतना कार्यक्रम गरेका थिए ।
कुल चुक्ता पूँजी १ अर्ब ३५ करोड रहेको मन्जुश्री फाइनान्स लिमिटेड कम्पनीको देशभर २७ वटा शाखा रहेका छन् । शुक्रबार फाइनान्सका देशभर रहेका शाखाहरुले डिजिटल सचेतना कार्यक्रम आयोजना गरेको बुटवल शाखाका शाखा प्रबन्धक रश्मी श्रेष्ठले जानकारी दिएका छन् । हाल उक्त फाइनान्सले मुद्धती निक्षेपमा १२.२५ प्रतिशत र बचत खातामा ९.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया