ताजा अपडेट »

संखुवासभामा हेलिकप्टर दुर्घटना: क्याप्टेनसहित दुई जना गम्भीर घाइते

शुक्रबार, २२ बैशाख २०८०

काठमाडौं। संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

पाइलट पौडेलको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर भोटखोला गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनाग्रस्त भएको थियो ।