ताजा अपडेट »

नवसोच एकता क्लवद्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण

शुक्रबार, २२ बैशाख २०८०

बुटवल । नवसोच एकता क्लब तिलोत्तमा १६ रुपन्देहीले सामुदायिक विद्यालयमा अध्यनरत उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।क्लबले बिहीबार सामुदायिक विद्यालय कोटहीमाई मिसुजु आधारभूत विद्यालयका १८ जना उत्कृष्ट विद्यार्थिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो ।

क्लवका अध्यक्ष मुक्ति वस्यालको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा वडा नं.१६ का वडा अध्यक्ष झविलाल भुषालको प्रमुख आतिथ्यता, क्लवका उपाध्यक्ष राम चन्द्र पाण्डेको स्वागत मन्तव्य, विद्यालयका प्रध्यानाध्यपाक आत्माराम कोईरालाले शुभकामना मन्तब्य तथा धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

नवसोच पवित्र सामुहिक भवनका अध्यक्ष एवम् क्लवका कोषाध्यक्ष पुरुषोत्तम सुवेदी, कोटहीमाई टोल विकास संस्थाका अध्यक्ष हरि प्रसाद बस्याल, पवित्र आमा समुहका अध्यक्ष कमला भण्डारीको आतिथ्यतामा संपन्न कार्यक्रममा बोल्ने बक्ताहरुले क्लवले गर्दै आईरहेको सामाजिक कार्यको सराहाना गरेका थिए । साथै उनीहरुले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्त्रता दिनेमा जोडदिए । कार्यक्रम क्लवका सचिव सन्तोष पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।