ताजा अपडेट »

सार्वजनिक पद धारण गरेका व्यक्तिको सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने

विहीबार, २१ बैशाख २०८०

काठमाडौं। गोरखाको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको छ । 

बिहीबार अजिरकोटले सार्वजनिक सूचना जारी गरेर  सार्वजनिक पद धारण गरेका व्यक्ति सबैको बालबालिका सामुदायिक विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्न आग्रह गरेको छ । 

‘सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पु¥याउने उद्देश्यले २० वैशाखको अजिरकोट गाउँ कार्यपालिकाबाट सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका बालबलिकाहरुलाई बाल कक्षादेखि कक्षा ८ सम्मका सामुदायिक विद्यालयमा भर्ना गराउने निणर्य भएको हुँदा सूचना प्रकाशित मितिले ७ दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराई सो को जानकारी शिक्षा शाखामा उपलब्ध गराइदिन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।