ताजा अपडेट »

जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ

विहीबार, २१ बैशाख २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका-९ देबकोटा मार्गस्थित स्टिकर पसलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ७ सय रूपैयाँ  र १५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।