ताजा अपडेट »

शितगंगा कृषि तथा पशु महिला बिकास सहकारी संस्थाको भवन उद्धघाटन

विहीबार, २१ बैशाख २०८०

अर्घाखाँची । शितगंगा नगरपालिका वडा नम्बर २ मा रहेको शितगंगा कृषि तथा पशु महिला बिकास सहकारी सस्थाको भवन उद्धघाटन गरिएको छ । प्रदेश सरकार , हेफर तथा स्थानिय तहको सहयोगमा भवन सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस नेतृ तथा पुर्व प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले बिकास र समृद्धिको निम्ति सबै मिल्नुको विकल्प नभएको भन्दै सहकारीको माध्यमबाट एक जुट भएका महिलाहरुले आफ्ना अधिकार प्राप्तिका लागि समेत हरेक स्थानबाट आवाज बुलंन्द गर्न पर्ने बताइन् । आफ्नो पहलमा अर्घाखाँचीमा धेरै योजनाहरु परेको बताउँदै आगामी दिनहरुमा जनताको हितमा सधै साथमा रहने बताइन् ।

योजनाहरु बिनियोजन गर्दा उत्पादन क्षेत्रमा बढी जोड दिन सुझाव दिइन् । यसो गर्दा नागरिकहरु आत्मनिर्भर बन्ने र देशको जनशक्ति बाहिर जानबाट कम हुने बताइन् । यस्तै पुर्व नगर प्रमुख सुर्य प्रसाद अधिकारीले नगरपालिकाका जनप्रतिनिधीले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गरे। नगरपालिकाका जनप्रतिनिधीले समन्वय नगरि काम गर्दा अनाबश्यक स्थानमा बजेट बिनियोजन भएको बताए । जनताको दैनिक आबश्यकता नहेरी बजेटको सहि स्थानमा सदुपयोग गर्न सुझाव दिए ।

यस्तै नगर उपमेयर गिता भाटले महिलाहरुले सहकारीको माध्यमबाट आयआर्जन गर्दै आत्मनिर्भर हुन सफल भएको भन्दै सहकारीका महिलाहरुले लिएका योजनामा नगरपालिकाको सहयोग रहने बताए । यस्तै नगर प्रमुख छबिलाल पौडेलले सहकारीको भवन निमार्ण भए सँगै अब स्थानिय उत्पादनको बजारीकरणमा सहकारीले पहिलो भुमिका खेल्नु पर्ने बताए । नगरपालिकाले उत्पादनको आधारमा अनुदान दिने भएकोले पनि हरेक वर्ष कृषकको उत्पादन र आम्दानी बढ्नु पर्ने बताए ।

पौडेलले अघिल्लो कार्यकालमा भन्दामा बजेट बढी नआए पनि अहिले बिकासका नयाँ अबधारण सुरु गरिएको बताए । नगरपालिकाले सडक पिचको काम समेत सुरु गरेको बताए । यस्तै उनले शितगंगामा प्रर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न वडा नम्बर २ को मुलाबारीमा पदमार्ग निमार्ण गर्न लागेको जानकारी गराउदै अघिल्लो कार्यकालमा प्रर्यटन क्षेत्रमा काम हुन नसकेकोले अहिले सुरुवात गरिएको र यसलाइ सम्पन्न गर्न नगरपालकिा प्रयासरत रहेको बताए । जनप्रतिनिधि र संस्थाका प्रतिनिधिहरुको सहभागितामा भवनको उद्धघाटन नगर प्रमुख छबिलाल पौडेलले गरेका थिए ।