ताजा अपडेट »

सुपादेउराली मन्दिर नजिक भिरबाट खसेको ढुङ्गाले लाग्दा एक महिलाको मृत्यु

बुधबार, २० बैशाख २०८०

बुटवल । सुपादेउराली मन्दिर नजिक भिरबाट खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सन्धिखर्क ७ बागमारा कि कल्पना थापा रहेको अर्घाखाँची प्रहरीले जनाएको छ । उनी सुपादेउराली क्षेत्रमा पसल गर्दै आइरहेकी थिइन् । आज दिउँसो बाहिर बसिरहेको अवस्थामा माथिबाट आएको ढुङ्गाले लागेर घटनास्थल मै मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।