ताजा अपडेट »

हिमपहिरोमा परेका तीनजनाको शव भेटियो

बुधबार, २० बैशाख २०८०

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परेका तीनजनाको शव फेला परेको छ भने दुईजनाको खोजीकार्य भइरहेको छ । 

मंगलबारदेखि यार्सा टिप्न जाने क्रममा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला परेको उद्धारकार्यमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन् ।

सातजनाको उद्धार हुँदा पाँचना सम्पर्कविहीन भएका थिए ।  उनीहरुमध्ये तीनजनाको शव फेला परेको हो ।