बिरामी मान्छे । एक्लो । उसलाई सहाराको लागि गाउँबाट बुबाले एकजना केटा पठाइदिनुभएको रहेछ । उसँगै बस्ने क्रममा एकदिन बल्ल तल्ल नुहायर निस्कन्छ । आच्छु ! कस्तो चिसो भयो । चिया पाक्यो ?, भित्रबाट थर्थर काँपेको स्वरमा महेश बौल्दै थियो । उ एकछिन उत्तरको प्रतिक्षा गर्यो । उत्तर आयन । फेरी अल्लि चर्को स्वरले चिच्याय, ‘खै कता हरायको ? बोलाएको पनि सुनेनौ त ? यसरी बेमतलबी त हुन भएन नी !’
‘चिया तयार छ । अब ल्याइहाले ।’, भित्रबाट टाठो आवाजका कोही बोल्यो ।
‘आज जनआन्दोनका घाइतेहरुको बैठक थियो । छिटो जानुपर्ने । छिटो जानु छ भनेर हिजो नै सम्झायको मितीलाई । खै वास्ता नै…..।’
उसको बोली नसकिदै एउटा अधबैँसेले चिया ल्याय । टेवलमा राखे । त्यसपछि उनी बाहिर जान खोजे । एक चुस्कि चियासँगै महेशले उसको चियाको प्रशंसा गर्यो, ‘लल धन्यवाद रबी । मिठो चिया बनायछौ । तर अलिक ढिलो भयो । समयको ख्याल राख्नुपर्छ है । आखिर तिमी र म उस्तै न हाँै । फरक कामको प्रकृति न हो । हामी दुवैजना घरभन्दा बाहिर आइ बसेको छौ । परिवारका सदस्यहरु छैनन् । अझ म अपाङ्ग छु । त्यसकारण तिमी त मेरो सहारा हौ । दुखसुखको साथि हौ । तिम्रा मर्का मैले बुझ्नुपर्छ । मेरो तिमीले । तिमीले पकायको खानाले मेरो सास धानीयको छ । मैले जीउन पाएको छु । त्यसैले तिम्रो सेवा प्रति म अत्यन्त आभारी छु ।’
एकातिर ढिला भइरहेको छ । अर्कातिर प्रत्येक चियाका चुस्किसँगै उसलाई परिवारको याद आइरहेको छ । ‘तयारी चिया त आउछ तर त्यसमा माया आउदैन । चिनी, दुध, चियापत्तिको मिश्रण राम्रो हुन्छ । चिया मिठो हुन्छ । तर मिठास आउदैन । चियाले जिब्रो छुन्छ । तर मन छुदैन । चियाले आखालाई स्वाद दिन्छ । तर आत्मालाई दिन सक्दैन । दिमागलाई खुसी बनाउछ तर मुटुलाई सक्दैन ।’, उ मनमनै भुतभुताउछ ।
‘के भयो सर ? मबाट केही भुल भयो कि ? हजुर त कता कता बरालिय झैँ लाग्यो ।’ ‘हैन हैन । केही सोच्दै थिए । किन यही उभिइरहेको ? तिमी अब जान सक्छौ ।’ ‘हजुरलाइ लगाउने कपडा ल्यायर मात्र जाउकि भनेर नी । कुन चाही लगाउन मन छ ? म ल्याइदिउ ?’, उ ठिङ्ग उभिएर प्रश्न गर्यो । ‘म आफै ल्याउथे नि । ल्याइदिने भए ठिकैछ । कालो रङको कपडा वासिङ् मेशिनमा हाल्दिन भनेको थिए । बैठकमा मैले प्राय त्यही लगाउछु । त्यही ल्याइदेउ न त ।’, उनले अह्राय । ‘ओहो हजुरले भनेको त मैल मर्लक्कै भुलेछु । कपडा पनि मेशिन भरी हुने थिएन हिजो । आज केही कपडा थपिएका छन् । पुग्छ होला । आज चाही नबिर्सिकन मेशिनमा हाल्छु । हिजो फेरी अरु कामहरु धेरै थिए । कपडा तिर ध्यान नै गएन । माफ पाउ हजुर । अबबाट यस्तो गल्ति दोहोरिने छैन ।’
उसको मन खिन्न भयो । रिस पनि उठ्यो । रिस पोखेर पनि समाधान त निस्कदैन । जेसुकै भएपनि त्यो कुरालाई सामान्य रुपमा लिदै उसले भन्यो, ‘लल ठिकै छ । हामी मान्छे हौ । गल्ति हुन्छ । बिर्सन सकिन्छ । तथापि माफ माग्ने र दिने कुराले समस्या समाधान हुदैन । केवल त्यसले एक अर्कामा कटुता बढाउछ । वैमनश्यता थप्छ । र उल्टो विश्वास घटाउट । त्यो भन्दा उत्तम हामी काम प्रति इमान्दार हुनुपर्छ । नियत सफा हुनुपर्छ । सकारत्मक सोच हुनुपर्छ । काम गर्ने क्रममा गल्ति भइहालेको खण्डमा हृदयदेखिनै सच्चाउन प्रतिवद्य हुनुपर्छ । अर्काले माफ दिएर त्यो दिगो हुदैन । त्यसैगरी सकेसम्म नबिर्सने भन्ने शब्द सम्झिरहनुपर्छ । जुनसुकै कामको पनि प्राथमिकता निर्धारण गर्नुपर्छ । अनि तालिका बनायर सम्पन्न गर्नुपर्छ । आजलाई हामी जति गल्फती गरेपनि समस्या समाधान हुदैन । अबबाट अलिक ख्याल गर्नु ल । ’ ‘हस् । आज उप्रान्त म ख्याल राख्नेछु । आजको लागि निलो सर्ट र खैरो पाइन्ट छ । धोयर राखेको । त्यही ल्याउँदा हुदैन ? त्यो पनि हजुरलाई सुहाउछ ।’
‘हुन्छ । एक सेट लुगा त लगाएर जानै पर्यो ।’, उसले नमिठो मान्दै स्वीकार गर्यो । हिडने बेलामा कपडाको कारण उ उदास भयो । न्यास्रो लाग्यो । मानसिक तनाव बढ्यो । अरुलाई अह्राय पछि यस्तै अपुरो हुन्छ । अहिले रबीलाई दोष लगायर के गर्ने ? बरु आफै मेशिनमा लुगा राखेको भए समस्या समाधान हुने रहेछ भन्ने लाग्यो ।
उ गम्भिर बन्यो । पूनः एक्लै बडबडाउन थाल्यो, ‘कपडा धुने मेशिन थियो । कपडा राम्रोसँग धुन्थ्यो । तर त्यहाँ एउटा कुरा अभाव थियो । मेशिन आफै चल्न सम्भव थिएन । मेशिनको आत्मा थिएन । आउने दिनमा मलाई कुन कपडा लगाउनुपर्छ भनेर बुझ्ने कुरै भएन । कपडा धुने व्यावस्था मिलाउने त व्यक्ति थिए । जसमा सोच्ने क्षमता रहन्छ । जो भित्र मन हुन्छ । उसले आफ्नो कर्तब्य पालना गरेनन् । आफ्नो पन भएको भए त एउटा कपडा हातले पनि त धुन सकिन्थ्यो । तर जाँगर चलेन । आफ्नो पन भएका व्यक्तिहरु त्यहाँ थिएनन् ।’
उ दोधार भयो । रबीले दिएको कपडा लगाउन मनै परेन । तथापि तत्काल अरु विल्पक थिएन । खयर, उसले निलो कपडा लगायो । वास्तवमा त्यो कपडा लगाउदा सन्तुष्टि मिलेन । मन अस्थिर भयो । पुनः एक्लै फतफताउन थाल्यो, ‘कपडा नयाँ थियो । सुन्दर थियो । केही कमी थिएन । त्यसमा सन्देह रहेन । तथापि कपडा कस्तो भयो भनेर सोध्ने कोही थिएन । फगत ऐना थियो । एउटा निर्जिव बस्तुसँग वार्ता गर्नुको बिकल्प थिएन । ऐनालाई कपडा सुहायो कि सुहायन भनेर प्रश्न गर्नु परेको थियो । न ऐना बोल्थ्यो । न कुनै हाउभाउ नै । आफैले ऐनाको पनि प्रतिउत्तर दिनुपथ्र्यो । ल ठीकै रहेछ भनेर हिड्नु पथ्र्यो ।’
उसलाई बैठकको पुनः स्मरण आयो । ढिला भैसकेको रहेछ । हतार हतार निस्क्यो । बैठकमा हाजिर भयो । बिहानैबाट मनस्थिति बिग्रेकाले राम्रोसँग प्रस्तुत हुन सकेन । अलिक बिसन्चो भए झैँ लाग्यो । छिटो गरी बस्ने ठाउँमा फर्कियो । पानी पिउन मन लाग्यो । अनि रबीलाई बोलायो । ‘रबी, मलाई अलिक सन्चो भएन । टाउको दुख्यो । पानी ल्याउ त एक गिलास । पियर एकैछिन आराम गर्छु ।’ ‘पानी सँगै औषधी पनि ल्याउ सर ?’, एकैपटक काम सक्ने मनसायले रबीले प्रश्न गर्यो ।
जब औषधीको कुरा आयो तब उसलाई नरमाइलो लाग्यो । सारै बिरामी त भएको हैन । औषधी खाइहाल्नु पर्ने जस्तो पनि छैन । त्यतिकैमा पानी र टाउको दुखेको कम गर्ने औषधी लिएर रबी हाजिर भयो । उसले पानी सँगै एक ट्यावलेट सिटामोल घुटुक्क निल्यो । अनि बिस्तारामा पल्टियो । मन स्थीर हुन सकेन । श्रीमतीको याद झन् झन् बढन थाल्यो । मनमा कुरा खेल्न थाले, ‘बिरामी हुँदा औषधी तयार छ । औषधीले दुखाइ कम हुन्छ । तथापि मन झन् पोल्छ । बिरामी हुँदा औषधी मात्र सहारा लिनुपर्ने बाध्यता छ । सन्चो, बिसन्चो बारे भावना साट्ने आत्मीय व्यक्तिहरु कोही छैनन् । न दुख्यो भन्न पाइने । न सन्चो भयो भन्न नै । दुखेपनि सन्चो भएपनि एक्लै । उफ् ! यो बेचैन जिन्दगी ।’
उनको मन स्थीर हुन सकेन । बिचारमा डुब्न थाले । उनको मन बिछयौना तिर गयो । लाग्यो कि, ‘बिछयौना थियो । तथापि मिठो निद्रा थिएन । सिरक थियो । तर न्यानोपन थिएन । कोठामा सही तापक्रम थियो । तर मन पोलेको पोलै थियो । अनि समय गुजार्ने कसरी ? एउटा डिजिटल डिभाइस हातमा । फेशबुक, टिकटक, ट्वीटर, ह्वाटसएप, टिकटकसँग वार्ता कति गर्नु । नभए मौन व्रत ।’ आफ्नाहरुसँग रहन नपाएका कारण उ बेचैन थियो । त्यसकारण उसलाई केही कुरामा पनि औधी खुसी लाग्ने थिएन । बिभिन्न पार्टी भोज हुन्थे । भोक हुने थिएन । मनोरन्जन हुन्थ्यो । बिभिन्न स्थानका भ्रमण हुन्थे । ठाउँहरु सुन्दर हुन्थे । तथापि सबै फिका लाग्थ्यो ।
उसको कानमा बाराम्बार गुन्जिइरहने एउटै आवाज थियो, ‘बाबु तिमी गाउँ कहिले आउने ?’ उत्तर दिने शब्द नभएर उ स्तब्ध बन्थ्यो । सबैका आफ्ना आफ्ना आवश्यकता हुन्छन् । बाआमाका के नै इच्छा हुन्छन् र । उनीहरुलाई सारा सम्पत्ति भन्दा म प्यारो छ । मेरो माया नै प्यारो छ । आफूलाई पनि ति निकट मनहरुसँग सधै सँगै रहन मन छ । सगै हास्न, खेल्न रहर छ । दुखसुख साट्ने चाहना छ । सँगै हातेमालो गर्ने इच्छा छ । तथापि शारिरीक अवस्थाका कारण त्यो सम्भव छैन । उसले लामो सुस्केरा हाल्यो । औडाहा भयो । रबीले खाना तयार भयो भन्दै उसलाई उठाउन खोजे । भोक छैन भन्दै उ बिछयौना पल्टिइरह्यो ।
प्रतिक्रिया