बुटवल । नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनी प्रदेशले विश्व भेटेरिनरी दिवस २०२३ को उपलक्ष्यमा बृहत जनचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ I
लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न सरकारी तथा निजि क्षेत्र मा कार्यरत पशु चिकित्सकहरु, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान- पक्लिहवाका शिक्षक एवं भेटेरिनरी विज्ञान अध्ययनरत बिद्यार्थीहरु को सक्रिय सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो I बुटवल नया बसपार्कबाट देवीनगर पुगी सडक नाटक प्रस्तुत गरेर समापन गरिएको थियो I
समुदायमा भेटेरिनरी पेशाको महत्त्वलाई छायांकन गर्न, व्यवसायिक पशु पालन लाई प्रबर्धन गर्न र पशुबाट सर्ने रोग हरु प्रति समाजलाई सजग गराउन उक्त कार्यक्रम गरिएको कुरा नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनी प्रदेशका वर्तमान अध्यक्ष डा. युवराज पन्थले बताए I “पशु चिक्त्सकले पशु स्वास्थ्य, पशु कल्याण र जनस्वास्थ्यका क्षेत्रमा गरेको प्रशंसनीय कार्यको सम्मान स्वरूप यो दिवस मनाउने गरिन्छ “ डा. पन्थले थपे I
समाज लाई पशु जन्य रोगबाट सुरक्षित राखी र पशु जन्य खाद्य पदार्थ मा खाद्य सुरक्षा कायम गरी स्वस्थ समाजको निर्माण गर्न पशु चिकित्सकको अहम भूमिका रहेको नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनी प्रदेशका वर्तमान सह-सचिव डा. अविनाश क्षेत्रीले बताए I
प्रतिक्रिया