ताजा अपडेट »

गाउँपालिकाबाट श्रम स्वीकृति दिन सुरू

आइतबार, १७ बैशाख २०८०

हल्दिबारी। झापाको हल्दिवारी गाउँपालिकाले आइतबारबाट श्रम स्वीकृति दिन थालेको छ ।

गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृतको निस्सा प्रदान गरेर श्रम स्वीकृत दिन प्रारम्भ गरेका हुन् ।१ वैशाखको नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमै श्रम श्रम स्वीकृत दिने निर्णयअनुसार आइतबारबाट हल्दिबारी गाउँपालिकाले श्रम श्रम स्वीकृति दिन थालेको हो ।  

आइतबार हल्दिबारी–४ का देवी खतिवडालाई श्रम स्वीकृतिको  निस्सा दिएर सुरुवात गरिएको हो ।